काठमाडौं । दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने भएको छ ।
ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा शनिबार राति ९ः२० बजे निधन भएका नेता बास्तोलाको आइतबार अपराह्न ४ बजे अन्त्यष्टि गरिने कांग्रे कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बास्तोलाको पार्थिव शरीरलाई अहिले उनको खुमलटारस्थित निवासमा राखिएको छ ।
बास्तोलाको शव आइतबार दिउँसो १ः३० देखि ४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिने छ र त्यसपछि पशुपति आर्यघाटमा अन्त्यष्टि गर्ने तयारी भएको मुख्यसचिव पौडेलले जानकारी दिए ।
२०६९ पुस १४ गते विराटनगरको बन्धु भेलामा सहभागी हुने क्रममा ब्रेन अट्याक भएका बास्तोला त्यसयता अचेत थिए ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया