काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपदबाट हुने मानवीय तथा आर्थिक क्षतिलाई न्यूनीकरण गर्नुपर्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय विपद् व्यवस्थापन दिवशका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले सो कुरा बताएका हुन् ।
विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपालमा पनि हरेक वर्ष अक्टोबर १३ मा अन्तर्राष्ट्रिय विपद् व्यवस्थापन दिवस मनाउने गरिन्छ ।
सरकारी, गैरसरकारी र निजी क्षेत्रले लगानी बढाउन सके विपदबाट हुने मानवीय तथा आर्थिक क्षतिलाई न्यूनीकरण गर्दै लैजान सकिने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया