बामदेवलाई सांसद बनाउने विषयमा औपचारिक छलफल भएको छैन : मन्त्री पोखरेल

काठमाडौं । उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले नेता बामदेव गौतमलाई सांसद बनाउने विषय पार्टी भित्र औपचारिक रुपमा प्रवेश नै नभएको बताएका छन् । 

दशैँ, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वको अवसर पारेर शनिबार आयोजित चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

पोखरेलले काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र नेता गौतमलाई उठाउने भन्ने विषय पार्टी भित्र छलफल नै नभएकाले त्यसमा टिप्पणी गरिरहन आवश्यक नरहेको प्रतिक्रिया पनि दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?