१९ मङ्सिर २०७९, सोमवार

चखेवाभञ्ज्याङ–सेखुवा सडक मर्मत गरिँदै

२०७९,आश्विन,११,मंगलवार ११:५७

36
Shares

खोटाङ । काम छाडेर ठेकेदार वेपत्ता भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय काभ्रेपलाञ्चोकले खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड मर्मत सुरु गरेको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभी, काठमाडौँ सम्पर्कविहीन बनेपछि स्वयं कार्यालयले मर्मत सुरु गरेको हो ।

वर्षाको समयमा झरेको पहिरो पन्छाएर निर्वाधरुपमा सवारी साधन सञ्चालनमा ल्याउनेगरी सडक मर्मत सुरु गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले जनाएको छ । विशेषगरी दशैंतिहार र छठ जस्ता चाडवाडको बेला हुने आवात–जावतलाई मध्यनजर गर्दै बिहिबारदेखि सडक मर्मत सुरु गरिएको सव–इन्जिनियर केशव पौडेलले बताए ।

निर्माण व्यवसायी सडक कालोपत्रेको काम अलपत्र छाडेर नफर्किएकाले स्यवं पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाले निर्माण कम्पनीको दायित्वभित्रको काम सुरु गरेको हो । सडक मर्मतका विषयमा शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईं, डीएसपी मञ्जिल मुकारुङ लगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् ।

काठमाडौँ–खोटाङ–भोजपुर यात्रा गर्ने यात्रुले सेखुवा–चखेवाभञ्ज्याङ सडक पार गर्नुपर्ने हुन्छ । तर, निर्माण कम्पनीले अलपत्र पारेको सडक वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । वर्षा याममा सडकमा सवारी साधन नगुड्दा बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन कठिन हुने गरेको स्थानीय बताउँछन् ।

चखेवाभञ्ज्याङबाट सेखुवा हुँदै दिक्तेलसम्मको (४६ किलोमिटर) सडक खण्ड मर्मत गरिने सव–इन्जिनियर पौडेलले बताए । चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको तेश्रोपल्ट थप भएको म्याद सकिँदा करिब ३५ प्रतिशत मात्र काम भएको छ । तेश्रोपल्ट थप भएको म्याद २०७८ फागुन ३० गते सकिएको थियो ।

चखेवाभञ्ज्याङ–दिक्तेल सडकको पाँच प्याकेजमध्ये चखेवाभञ्ज्याङ–सेखुवा खण्डको काम अलपत्र परेको हो । चार प्याकेज (सेखुवा–दिक्तेल ३६ किलोमिटर) कालोपत्रेको काम भने रमन–गोल्डेन गुड जेभीले सम्पन्न गरिसकेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,११,मंगलवार ११:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । महिला हिंसा विरूद्धको १६ दिने अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिकामा तीन दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । ग्लोबल

काठमाडौं । मधेसी आयोगले विगत केही दिनदेखि मधेसी समुदायलाई लक्षित गरी विभिन्न व्यक्तिले अपमानजन्य शब्द प्रयोग गरी सामाजिक सद्भावमा खलल

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा विशेष महाधिवेशनको माग गरिएको छ । चुनावी समीक्षा गर्नका लागि बोलाइएको पदाधिकारीको अनौपचारिक बैठकमा

डुडुवा (बाँके) । बाँकेको डुडुवा गाउँपालिकाको गाउँसभा नहुँदा सेवासुविधा प्रभावित भएपछि कर्मचारीहरु आन्दोलित भएका छन् । स्थानीय तहको निर्वाचनपछि नयाँ

ताजा समाचार

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५
माओवादी बैठकमा विशेष महाधिवेशनको माग
 २०७९,मङ्सिर,१८,आईतवार १९:४६