मनास्लु हिमपहिरोमा परी घाइते ९ जनाको उद्धार

लोकपथ
0
Shares

काठमाडौं । मनास्लु हिमपहिरोमा परेर घाइते भएकाहरू सबैको उद्धार गरिएको छ । मंगलवार बिहानसम्म सबै घाइतेको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरको पहिरोमा उनीहरु परेका थिए । हिमपहिरोमा परेर अनुप राईको मृत्यु भएको थियो । खराब मौसमका कारण सोमवार उनीहरुको उद्धार हुन सकेको थिएन । सोमवार २ जना घाइतेलाई उद्धार गरेर काठमाडौं ल्याइएको थियो भने आज ९ जना घाइतेको उद्धार गरिएको हो ।

मनास्लुको तेस्रो बेस क्याम्पबाट चौथो बेशक्याम्पमा जाने क्रममा सोमवार दिउँसो हिउँ पहिरो खस्दा १२ जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?