लागुऔषध सेवनगरी सवारीसाधन चलाईहेको अवस्थामा २ जना चालक पक्राउ

लोकपथ
39
Shares

काठमाडौं । लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा चालकलाई चेक गर्दै आएको ट्राफिक प्रहरीले आज नागढुङगा क्षेत्रमा चेकजाँच गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो कोटश्वरको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा २ जना चालकलाई सोमवार (आज) साँझ नागढुङगा सडक खण्डमा फेला पारेको हो ।

बा ३ ख ६१३७ नम्बरको बस चालक रामेछापको उमाकुण्ड गाउँपालिका २ का २६ बर्षिय लाल बहादुर कार्की र बागमती प्रदेश ०३–००१ च २०६४ नम्बरको डीआई गाडिका चालक पूर्वी नवलपरासीको कावासोती १३ का २५ बर्षिय सागर बि.क. लागुऔषध सेवन गरी सवारी साधन चलाईहेको अवस्थामा फेला परेका हुन् । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी प्रभाग बलम्बुमा राखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको हो ।

लागुऔषध सेवन गरी सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न चेकजाँच अभियानलाई तिव्रता दिईएको प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?