सत्यमोहन जोशीलाई भेट्न किष्ट अस्पताल पुगे एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

लोकपथ
65
Shares

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल सोमवार (आज) ललितपुरको किष्ट अस्पतालमा पुगेर जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

शताब्दी पुरुष जोशी डेंगु संक्रमणका कारण चार दिनदेखि किष्ट अस्पतालमा उपचाररत छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले उनको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताइएको छ ।

शताब्दी पुरुष जोशीले आफ्नो स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै अस्पतालमा भेट्न आएकोमा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई धन्यवाद दिएका थिए । चिकित्सकहरुले जोशीको स्वास्थ्य अवस्थामा सुधार आएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?