१५ मङ्सिर २०७९, बिहीवार

नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी स्वरूप देवीको उपासना

२०७९,आश्विन,११,मंगलवार ०७:३०

54
Shares

काठमाडौं। बडादसैँको आज दोस्रो दिन मंगलवार ब्रह्मचारिणी देवीको आराधना गरेर मनाइन्छ । बह्म अर्थात् तपस्याको आचरण गर्ने भएकोले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरूपका रूपमा लिइन्छ । देवी पुराणको ४५औँ अध्यायमा तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको छ ।

दधाना करपद्यमाध्याम् अक्षमालाकमण्डलू ।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।

सेतो कपडा लगाएकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नाले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ । यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ । कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ ।

शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभ कार्यमा गरिने कन्या पूजाका लागि दुई वर्षसम्मका बालिका योग्य रहेको मानिन्छ । यद्यपि, रजस्वला हुनुपूर्वका बालिका पनि कन्या पूजाका लागि योग्य भएको लोकोक्ति छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्द माता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धि दात्रीको पूजा आराधना गरिन्छ ।

नवरात्रभर देशका विभिन्न शक्ति पीठहरूमा दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । विशेष गरी काठमाडौँको नक्साल भगवती, शोभा भगवती, भद्रकाली, काभ्रेको नाला भगवती, काभ्रेको पलान्चोक भगवतीको मन्दिर, ताप्लेजुङको पाथीभरा, धरानको दन्त काली, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता, पोखराको विन्ध्यवासिनी, भोजपुरको सिद्ध काली मन्दिरमा विशेष पूजा आराधना हुने गर्छ ।

प्रकाशित मिति: २०७९,आश्विन,११,मंगलवार ०७:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दलदलेबाट

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आइओसीले बिहीवार नेपाललाई

काठमाडौं । बम्पर गार्ड नहटाएका ५ सय ७४ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज कारबाही गरेको

काठमाडौं । क्षमता भन्दा बढी सामान ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । भक्तपुरको

ताजा समाचार

स्याङ्जा–२ मा अग्रता बढाउँदै धनराज
 २०७९,मङ्सिर,१५,बिहीवार २०:३४