राजेन्द्र लिङ्देनको प्रस्ताव–संघ र स्थानीय सरकार बलियो पारौं, प्रदेश खारेज गरौं

लोकपथ
65
Shares

महोत्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्यूमा पारेको आरोप लगाएका छन् । ०४६ सालको राजनैतिक परिवर्तनपछि मुट्ठिभरका केही नेताले देशको हालत दयनीय बनाएको उनको दाबी छ ।

शनिवार महोत्तरीको बर्दिबासमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता लिङ्देनले नेताहरूले नेपालको निर्णायकत्व विदेशीलाई सुम्पेको र विदेशीको चाहनाअनुसार सरकार चलेको समेत आरोप लगाए ।

वामपन्थी र कांग्रेस नेताका कारण नेपाल शक्तिराष्ट्रको क्रिडास्थल बनेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ’हामीलाई विदेशीसँगको मित्रता स्वीकार्य छ । तर, हस्तक्षेप स्वीकार्य छैन ।झ राजालाई अर्बाै रुपैयाँ स्वीट्जरल्याण्डमा राखेको आरोप लगाउने नेताहरूले अहिले स्वीटजरल्याण्डमा ७० अरब रुपैयाँ राखेको अध्यक्ष लिङ्देनले खुलासा गरे ।

यो व्यवस्थाबाट देश भ्रष्टाचारको दलदलमा फसेको र यसको संरक्षणकर्ता पनि नेताहरू रहेको बताए । ञसामान्य जागीर खानका लागि घुस खुवाउनुपर्छ, समाजले पनि घुस्याहलाई राम्रो मान्छ,झ उनले भने । उनले प्रदेशलाई खारेज गर्नुपर्ने बताए ।

संघ र स्थानीय सरकारलाई सशंक्त बनाए प्रदेशको जरुरत नै नपर्ने उनको सुझाब छ । वामपन्थी र कांग्रेसले गरेका गलत काम पर्दाफास हुने डरले नयाँ शक्तिलाई स्थापित हुन् नदिएको अध्यक्ष लिङ्देनले दाबी गरे ।

देशलाई घात गर्न नेताहरूले केही बाँकी नराखेको बताउँदै अध्यक्ष लिङ्देनले भने, ञयिनीहरूले स्वास्नी मान्छेलाई लोग्ने र लोग्ने मान्छेलाई स्वास्नी बनाउन सक्दैनन् । बाँकी जे पनि गर्छन र गरिसके ।

नेपाली राजनीतिको तीन दशकलाई सम्झदै नेपाली जनताले सबै दललाई अवसर दिए पनि नेताहरूले पैसा कमाउने थलो मात्र बनाएको उनको टिप्पणी छ । शेरबहादुर देउवा ६ पटकसम्म प्रधानमन्त्री भएको उदाहरण दिँदै परिवर्तनको नाममा केही पनि नभएको अध्यक्ष लिङ्देनको भनाइ छ ।

३० वर्षमा इजरायल जस्ता देशले निकै ठूलो फड्को मारेको बताउदै उनले कृषिमा दुई प्रतिशत भु–भाग भएका देशले निर्यात गर्छन । तर ८० प्रतिशत भू–भाग भएको हाम्रो देशले आयात गर्छ यो भन्दा लाजमर्दो के पो हुन सक्छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?