अनामनगरस्थित अक्सिडेन्टल स्कुलकाे अवैध संरचनामा महानगरले आज डोजर चलाउने

लोकपथ
104
Shares

काठमाडौं । अनामनगरस्थित अक्सिडेन्टल स्कुलमा काठमाडौं महानगरपालिकाले डोजर चलाउने भएको छ । स्कुलले सार्वजनिक जग्गा मिचेर बनाएको संरचनालाई आज हटाउने महानगरका प्रहरी प्रमुख राजु पाण्डेले लोकपथलाई जानकारी दिए ।

नाप जाँचका क्रममा स्कुलले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको पाइएपछि पटक–पटक संरचना हटाउन निर्देशन दिँदा पनि नहटाएपछि आज डोजर लगाउन लागेको उनले बताए । ‘सार्वजनिक जग्गा मिचेर संरचना बनाइएको नाप जाँचका क्रममा थाहा भयो,’ उनले भने, ‘हामीले हटाउनका लागि सूचना दिएका थियौं, नहटाएको पाएपछि अहिले म डोजर लिएर जाँदैछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?