नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । 

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरुको कार्यव्यस्तताका कारणले बैठक स्थगित भएको प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । 

उनका अनुसार बैठक आगामी शनिबार २७ गते बिहानका लागि बोलाइएको छ । 

सचिवालय बैठक तल्लो तहमा पार्टी एकता र समसामयिक विषयवस्तुबारे छलफल गर्नका लागि बोलाइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?