काठमाडौं । सरकारले भूमिसुधार तथा मालपोत कार्यालयहरुमा ‘सरलीकृत फारम’ को व्यवस्था गरेको छ ।
सेवाग्राहीको कामलाई सहज बनाउन ‘सरलीकृत फारम’ को व्यवस्था गरिएको हो ।
भूमिसम्बन्धी सेवाग्राहीको कामलाई सहज, सुलभ र पाददर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारबाट भूमिसुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारम सेवाको सुरुवात गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले एक वर्षभित्र सबै भूमिसुधार तथा मालपोत कार्यालयहरुमा अनलाइन सेवा सञ्चालनमा ल्याउने महत्वकांक्षी योजना पनि बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया