घटस्थापनालाई राष्ट्रिय बिदा दिन सांसद रिता माझीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी का ३ नं. प्रदेशका सांसद रिता माझीले नेपालीहरुको महान चाड बडादशैँको शुरुवातको दिन ‘घटस्थापना’ जस्तो ऐतिहासिक पर्वको बिदा कटौति गरेकोमा संघीय सरकारको भत्र्सना गर्दै सो दिनलाई राष्ट्रिय बिदा दिन जोडदार माग गरेका छन् । 

आज प्रदेश संसदमा बोल्दै माझीले दशैँको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर सरकारले सर्वसाधारणको ढाड सेक्ने काम गरेको भन्दै महत्वपूर्ण चाडबाडको मुखमा गरिएको उक्त मूल्यवृद्धि तत्काल घटाउन माग गरेका छन् । 

गत असोज ३ गते संविधान दिवस मनाइरहँदा २ नं. प्रदेशमा ‘मधेस एशियाकै नयाँ देश बन्दैछ’ भनेर खुलेयाम चर्चा हुँदा पनि संघीय र प्रदेश सरकार मुकदर्शक भएर मौन बसेको प्रति सरकारको आलोचना गरे । 

संसदमा विजया दशमी, शुभ दिपावली, नेपाल संवत तथा छठको उपलक्ष्यमा शुभकामना दिनुहुँदैं सांसद माझीले मुलुकमा हिन्दुराष्ट्र र राजसंस्था पुनर्वहाली गर्नेतर्फ संघीय सरकार र प्रदेश सरकारको ध्यान केन्द्रीत होस भन्ने कामना समेत गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?