काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीमा देखिएका पछिल्ला असन्तुष्टि, स्थायी कमिटीको बैठक बोलाउने लगायतका सम्बन्धमा निर्णय लिइने अपेक्षा गरिएको थियो । तर, त्यस विषयबारे कुनै छलफल नै नभई बैठक स्थगित भएको हो ।
आज बसेको बैठकले नेकपा सचिवालय बैठकले स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ भने बैठक कहिले बस्ने भन्ने मिति तय भएको छैन ।
त्यस्तै स्थानी कमिटी बैठकका एजेण्डामाथि छलफल गर्न आगामी बुधबार पुनः सचिवालय बैठक बस्ने निर्णय भएको नेकपाले बताएको छ ।
बैठकमा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसघको महासभा नेपालको अहिलेको परिवर्त र शान्ति प्रक्रियाको बारेमा विश्वलाई जानकारी गराउँदै दुई पक्षी सम्बन्ध विस्तारको लागि उच्चस्तरीय भेटघाट समेत भएको जानकारी दिएका छन् ।
सोमबारको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली, प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो भ्रमणका बारेमा जानकारीसमेत गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया