समकालीन राजनीति भित्र ओली –प्रचण्डको खेल

काठमाडौ : सत्तारूढ नेकपाको सचिवालय बैठक बोलाइएको छ । दुईटा अध्यक्ष भएको पार्टीका दुबै अध्यक्ष देश बाहिर भएका बेला बरिष्ठ नेता माधवकुमार नेपालले संसदमा दिएको अभिव्यक्ति र बोलाएको सचिवालय बैठकबारे मुख्यरूपमा केन्द्रित भइ यो सचिवालय बैठक बोलाइएको हो ।

आइतबार बोलाइएको सो बैठक सोमबारका लागि सारिएको बैठकमा दुबै अध्यक्षको राजनीति दाउपेच चल्ने पक्का छ । एमाले माओवादी पार्टीका तल्ला तहमा दुबै पार्टीको संरचनाहरू मिलाइएको छैन् ।

दुईटा अध्यक्ष रहनेगरी माथिका संरचना मिलाइएकोछ । नेतै नेता भएको पार्टीमा नेताहरूको व्यवस्थापन आफैमा जटिल विषय हो । यसैबेला माधव नेपालले संसदमा देश डुब्नै लागेको बताएर राजनीतिक तरंग ल्याए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली अमेरिकाबाटै भने–पख्नुस, म आउँदै छु देश डुब्दैन् ।” 

उता अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिंगापुर पुगेका थिए । उनले त्यहाँबाट नेपाललाई टेलिफोनमा के भने सार्वजनिक भएको छैन् ।

तर ओलीले भने– म त आउँदै थिए । सचिवालय बैठक डाक्न के को हतारो ?”

यही सेरोफेरोमा दुई वर्ष प्रधानमन्त्री दुई वर्ष ओलीले खाएर त्यसपछि प्रचण्डलाई खान पार्टीले बालुवाटार पठाउने सहमति भएर दुई पार्टीबीचको एकता अगाडि बढेको प्रसंग सार्वजनिक भयो । 

अहिले ओलीका निकट भएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले अढाई वर्ष पछि ओलीले प्रचण्डलाई सरकार सुम्पिने गरी कुनै लिखित सम्झौता नभएको बताए ।

उनले भने “ प्रचण्डलाई अढाईवर्ष पछि सत्ता हस्तान्तरण गर्ने गी लिखित गरिएको छ्रैन् ।” 

एमाले नेता पोख्रेलले ओली नेतृत्वको सरकारलाई पाँच वर्षको जनादेश प्राप्त भएको र यसलाई खण्डित गर्ने कुनै सहमति नभएको दाबी गरे ।

भारतीय सञ्चार माध्यमलाई अढाई वर्ष पछि सत्ता हस्तान्तरण गर्ने गरी प्रचण्डले दिएको एक अन्तर्वार्तापछि पोख्रेलको यो अभिव्यक्ति सार्वजनिक भयो ।

प्रचण्डले भनेका थिए – पार्टी एकीकरण गर्दा शक्ति बाँडफाँटबारे सहमति भएको थियो ।”

त्यतिमात्रै होइन वरिष्ठ नेता माधव नेपाल प्रधानमन्त्री हुँदा उनका प्रेस सल्लाहकार रहेका पार्टी केन्द्रीय सदस्य विष्णु रिजालले यस्तै विषयतर्फ संकेत गरेका छन् ।

रिजालले केही दिनअघि चारबुँदे सहमति भएको फेसबुकमा उल्लेख गरेका थिए ।

तर अमेरिकाबाट फर्किएलगतै ओालीले भने “ यही सरकार पाँच वर्ष चल्छ ।”

राजनीतिकरूपमा यी सबै प्रसंगबाट सरकार फेरिने सम्भावनालाई इन्कार गर्न सकिदैन् ।

ओलीले यसअघि बेइमानी गरेको सार्वजनिक भएको छ । संविधान  घोषणा भएपछि एमाले माओवादीको सरकार बन्यो ।

ओलीले सरकारको नेतृत्व गरे । प्रचण्डलाई ९ पछि सरकार दिन्छु ओलीले भनेका थिए ।

तर ओलीले आफ्ना आसेपासेका साथ यस्तो सम्झौता नभएको अडान लिए ।

प्रचण्डले त्यो सम्झौता अन्ततः पूरा नगरेको भन्दै नेपाली कांग्रेससँग मिलेर सरकार बनाए ।

पहिलो ९ महिना आफूले गर्ने त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार दिने भनेर प्रधानमन्त्री प्रचण्ड बने ।

९महिना पछि प्रचण्डले राजनीतिक इमानदारी सार्वजनिक गर्दै सरकार देउवालाई सुम्पे ।

चारबुँदे सहमतिको आडमा प्रचण्ड प्रधानमन्त्री बन्ने चुरो रहेको बुझिन्छ । त्यतिखेर सरकार फुटाउने सदनमा समिकरण थियो ।अहिले पार्टी फुटाउने समिकरण बनाउन प्रचण्ड नलागेको भन्न सकिन्न् ।

पार्टीका निकटहरूले प्रचण्ड एमालेका सबै नेतासँग खेलेर रमेका हुन् । त्यसैले प्रचण्ड अढाई वर्ष पछि प्रधानमन्त्री हुन खोजेका हुन भने हुन्छन् ।

एमाले र माओवादी पार्टी एकीकरण भएपछि त्यहाँको रसायनमा परिवर्तन भएको छ । माओवादी भित्रका एमाले र एमाले भित्रका माओवादीबीच प्रतिक्रिया हुन अस्वाभाविक होइन् ।

यसले त्यतिखेर रंग फेरेर उपस्थिति जनाउँछ जतिखेर कुनै प्रतिक्रियाकारकको प्रवेश हुन्छ ।

यहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिमा परिवर्तन हुनु नेकपा भित्र प्रतिक्रियाकारक छिर्नु हो ।

दुई वर्ष भित्रको समयमा भारतको संघीय सरकारको निर्वाचन सम्पन्न भइसक्छ ।

अमेरिका चीनबीचको व्यापार युद्धले कुनै नतिजा देखाउनेछ ।

उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा हुने परिणाम सार्वजनिक हुनेछ ।

इरान र अमेरिकाको सम्बन्धले कुनै नतिजालाई दर्शाउने छ ।

यो सबैको प्रत्यक्ष सम्बन्ध नेपालको लागि महत्वपूर्ण नभएपनि चीन र भारतको सम्बन्ध यी सबै राजनीतिक परिघटनामा प्रत्यक्ष सम्बन्ध छ ।

त्यसै अनुकूल नेपालको राजनीति पनि फेरिनेछ । नेपालको राजनीति फेरिनुमा यहाँको राजनीतिक दलमा हुने परिवर्तन हो ।

त्यतिखेर नेपालको प्रधानमन्त्रीमा प्रचण्डको आवश्यकता हुन्छ भने उनी नै हुने हो । ओली जतिसुकै ताकत लगाए  टिक्न सक्दैनन् ।

राजनीतको खेल खेल्नेहरूले प्रधानमन्त्रीको कुर्सी आफ्नालागि वा आफू निकटका लागि ल्याउन पो खेल्छन् त अरूका लागि होइन् ।

सचिवालयको बैठकबाट नेपाल र खनाललाई तह लगाउने सूत्रको खोजी प्रचण्ड सिंगापुर जान अघि नै भएको पार्टी निकट एक नेताले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?