स्वतन्त्र मधेशका अभियान्त सीके राउत रौतहटबाट पक्राउ

रौतहट । स्वतन्त्र मधेशका अभियान्त  सी.के राउत गौरबाट पक्राउ परेका छन् । 

उनका साथमा अरु २ जना कार्यकर्ता पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले जानकारी दिए । 

ढकालले राउतलाई राज्य विप्लवविरुद्धको कसुरमा आइतवार गौरबाट पक्राउ गरिएको जानकारी दिँदै अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?