कार्यव्यस्तताको कारण देखाउँदै नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ । 

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल  ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण आइतवार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो । 

आइतवार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने भनिएको थियो । तर, कार्यव्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको हो । 

अर्को बैठक सोमबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारका बस्ने भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?