विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर हुने छैनन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता अनुसार शिक्षण संस्था स्थापना गर्ने बताएका छन् । 

आइतबार पूर्वाञ्चल विश्वविद्यालयको २९ औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षालाई देशको आवश्यकता अनुसार अघि बढाउनु पर्ने बताएका हुन् । 

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस वर्षदेखि शुरू गरिएको निरक्षरताविरूद्धको महाअभियानले आगामी वर्ष सबै बालबालिकालाई विद्यालयमा ल्याइने दाबी गरेका छन् । 

‘आगामी वर्षदेखि विद्यालय जाने उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुने छैनन्’ उनले भने । 

त्यस्तै साधारणसभा कार्यक्रममा आव २०७५–७६ का लागि प्रस्तावित आयव्यय विवरण, आव २०७१–७२ र २०७२–७३ को लेखा परीक्षण प्रतिवेदन पास गरेको छ ।

यसैगरी आव २०७३–७४ र २०७४–७५ को लेखा परीक्षक नियुक्त गर्न विश्वविद्यालयलाई अधिकार दिएको छ । 

यसैगरी साधारणसभामा प्रस्तुत गरिएको अन्य प्रस्तावहरू भने अर्को बैठकमा छलफल हुने भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?