१३ चैत्र २०७९, सोमवार

संसद छिर्ने छिर्केदाउको खोजीमा रवीन्द्र !

२०७९,भाद्र,२७,सोमवार १५:४४

21.222k
Shares

काठमाडाैं । दुई दशकभन्दा बढी लामो पत्रकारिता/सञ्चारकर्मको अनुभव संगालेर सक्रिय राजनीतिमा होमिएका नेता हुन्–रवीन्द्र मिश्र । नेपाली राजनीतिमा वैकल्पिक राजनीतिक शक्तिको खाँचो औंल्याउँदै २०७३ फागुनमा पत्रकारिता छाडेर राजनीतिमा होमिएका मिश्र साझा पार्टी नामक दल दर्ता गरेर पूर्णकालीन राजनीतिमा होमिए ।

२०७४ कात्तिकमा साझा पार्टी र समान उद्देश्य बोकेको विवेकशील नेपाली दलबीच पार्टी एकता भयो । उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दल र मिश्रको नेतृत्वमा साझा पार्टी २०७४ साउन ११ मा एकता भएसँगै मिश्र विवेकशील साझा पार्टीबाट संसदीय निर्वाचनमा पाइला टेके ।

तर, राजनीतिक यात्रा उनले चाहेजस्तो सहज भएन । पहिलो खुड्किलोमै उनी असफल भए । २०७४ को संसदीय निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार भएका मिश्र नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भए । सिंहले १० हजार ९३६ मतसहित निर्वाचित हुँदा मिश्र १० हजार ११८ मतमै सिमित भए । नेकपा (माओवादी केन्द्र) अनिलकुमार शर्माले ५ हजार ३३६ मत ल्याएका थिए ।

त्यसयता वैकल्पिक राजनीतिका रुपमा पार्टीलाई अघि बढाउन नसकेको बेला मिश्रले ११ साउन २०७८ मा संघीयता खारेज गर्ने र धर्म निरपेक्षतामाथि जनमत संग्रह गर्ने प्रस्ताव ल्याए । यसले विवेकशील साझा फेरि दुई समूहमा बाँडियो । मिश्रसँगै पार्टीमा स्थापना कालदेखि साथ दिएका डा.सूर्यराज आचार्य र एकतापछिका उज्जवल थापा, मिलन पाण्डेलगायतले योबीचमा उनको साथ छोडे । यद्यपि, थापाको भने गत वर्ष निधन भयो ।

गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुले निराशाजनक मत पाएसँगै विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले चुनावी हारको जिम्मेवारी लिँदै राजीनामा दिएका थिए । उनले यसपटक पनि आउँदो प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं–१ बाट उम्मेदवार बन्ने निक्र्याैल गरिसकेका छन् । उसो त मैदान छाडेर नभाग्ने निर्वाचन लड्ने प्रतिक्रिया दिँदै आएका छन् ।

पछिल्लो समय मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीले बोकेको एजेन्डासँग आफ्नो समान धारणा रहेको तर्क गर्दै आएका छन् । उनले सकभर एकीकरण गर्नुपर्छ भन्नेमा समेत लागेका छन् । यसअघि मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने बोल्ड प्रस्ताव सार्वजनिक गरेका थिए ।

मिश्रले पछिल्लोसमय राजनीतिक दौडधुपलाई तीव्रता दिएका छन् । गत भदौ दोस्रो साता उनले एमाले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । ओलीसँगको भेटमा उनले प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवारी रहने र सहयोगको अपेक्षा गरेको विषय सार्वजनिक थिए ।

राजनीतिक भेटघाटलाई बढावा दिएका मिश्रले राप्रपाको समेत साथ लिएर अघि जान खाजेको चर्चा छ । विवेकशील साझा पार्टीको नेतृत्व छाडेका रवीन्द्र मिश्र राप्रपासँग एकता गर्ने तयारीमा छन् । उनको पछिल्लो समय राप्रपासँग निकटता बढ्दो छ । उसो त मिश्र पनि आगामी निर्वाचन जबर्जस्त संसद छिर्ने छिर्केदाउको खोजीमा छन् ।

प्रकाशित मिति: २०७९,भाद्र,२७,सोमवार १५:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान

निजामती कर्मचारी अस्पताल र आन्दोलनरत रहेका चिकित्सक/कर्मचारीबीच छ बुँदे सहमति भएको छ । सहमतिपछि चिकित्सक र कर्मचारीले गर्दै आएको अन्दोलनका

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरता अन्त्य नगरेसम्म नेपालमा दीगो विकास र समृद्धि अगाडि बढ्न नसक्ने

काठमाडौं । मिटरब्याज पीडितलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च प्रवेश गर्न रोक लगाएसँगै पीडितहरु आक्रोशित बनेका छन् । विशेषगरी मधेशका विभिन्न जिल्लाबाट

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६