पर्साकी ललिताले जन्माइन् एकैपटक तीन वटा बच्चा

लोकपथ
266
Shares

पर्सा । पर्सामा एक चौधरी दम्पतीले १० वर्षपछि एकैपटक तीन वटा बच्चा पाएका छन् । प्रभु हस्पिटलमा उपचाररत पर्सा जिल्लाको पर्सागढी नगरपलिका-९ का वृज चौधरी थारु र ललिता देवि थरुनी दम्पतीले एकैपटक तीन वटा छोरा पाएका हुन् ।

दश वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ प्रविधि अपनाएर गर्भ बसेको थियो । प्रभु हस्प्टिलका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी थापाको टिमले शल्यक्रिया गरेर तीनवटै बच्चा जन्माउन सफल भएको हो ।

निकै जोखिम मानिएको अप्रेसनमा प्रभु हस्पिटलका एनेथेसियाका डा. सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा. नविन झा, नर्स स्टाफ, रमिता गिरी, अनिल पटेल, मेनुका घिमिरे, पचिया खातुन, कृष्णा ठाकुर लगायतको सहयोगमा सफल भएको थियो ।

प्रसूति व्यथा लागेपछि विभिन्न अस्पतालमा लैजाँदा अन्यत्र लैजान सल्लाह दिए पनि प्रभु हस्पिटलले जोखिम मोलेर शल्यक्रिया गरेको हो । हाल आमा तथा तीनवटै बच्चा सकुशल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?