नेकपा र कांग्रेसको विरोधपछि प्रदेश २ को प्रदेशसभा बैठक स्थगित

जनकपुर । प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका सांसदहरुले सरकारको कामबारवाही विरोध गर्दै प्रदेशसभा बैठक अवरुद्ध गरेका हुन् । 

विपक्षी पार्टीका सांसदहरुले अवरोध गरेपछि सभामुख सराजकुमार यादवले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

शुक्रबार बस्ने भनिएको प्रदेश सभा बैठक शुरु भएलगत्तै सभामुख नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसले प्रदेश २ को प्रदेश सभा बैठक अवरुद्ध पारेका छन् ।

बैठक सुरु भएलगत्तै सभामुख यादवसँग विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले सरकारको विरोध गर्दै बैठक अवरोध गर्ने बताएका थिए ।

त्यसपछि नेकपाका सचेतक सुन्दर विश्वकर्मा र सांसद रामचन्द्र मण्डले सरकारको बजेट लगायतको विषयमा आलोचना गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?