काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गोप्य वार्ता भएको छ ।
अमेरिकाको औपचारिक भ्रमण सकेर बिहीवार मात्रै स्वदेश फर्किएका प्रधामनमन्त्री एवं नेकपा अध्यक्ष ओली र प्रचण्डबीच बालुवाटारमा एक घण्टादेखि गोप्य वार्तामा रहेका छन् ।
शुक्रबार बालुवाटारमा एक घण्टादेखि जारी वार्तामा दुई अध्यक्षबाहेक अरु कोही नेता नभएको स्रोतले बताएको छ ।
प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण र पार्टीभित्रका असन्तुष्टि र सरकारका कामकारवाहीबारे उठेका सवालमा दुवै अध्यक्षबीच छलफल भइरहेको प्रचण्डका प्रेश संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।
त्यस्तै प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड देश बाहिर रहेका बेला नेकपाका नेता माधव नेपालले प्रदेश कमिटी गठनप्रति आपत्ति जनाउदै स्थायी समिति सदस्यहरुको भेला गरेका थिए ।
नेपालले भेला बोलाएपछि सिंगापुरबाट अध्यक्ष प्रचण्डले फोन गरेर सचिवालयले गरेको निर्णयमा पुनर्विचार गर्न सकिने आश्वसन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया