नेकपा प्रदेश ५ को प्रदेश कमिटी गठन गर्न जिल्ला कार्यदल गठन

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ ले प्रदेश कमिटी गठन गर्न जिल्ला कार्यदल बनाएको छ । 

प्रदेश ५ कमिटीको पहिलो बैठकले जिल्ला मातहतका पार्टी कमिटीहरुको एकता प्रक्रियालाई केन्द्रको विशेष निर्देशन अनुसार सम्पादन गरी प्रदेश कमिटी सिफारिस गर्न प्रदेश अन्तर्गतका जिल्लाहरुमा कार्यदल बनाएको हो ।

रुपन्देहीमा गोपाल भट्टराई, निर्मल जीसी, शिवराज सुवेदी र अनुप बराल रहेको कार्यदल गठन गरिएको छ भने पाल्पामा नारायण आचार्य, नेत्र पाण्डे, राधाकृष्ण कंडेल र राजेन्द्र विश्वकर्मा छन् ।
त्यस्तै गुल्मीमा बालसिंह काउछा, वीरबहादुर कार्की, वुद्धि सिजसी र मधुकृष्ण पन्त रहेका छन् । त्यस्तै

गरी, अर्घाखाँचीमा चेतनारायण आचार्य, छमकुमारी खनाल, जनार्दन खनाल र तेजबहादुर रायमाझी रहेको कार्यदल गठन भएको छ । पश्चिम नवलपासीमा घनश्याम यादव, तुल्सी पासी, थानप्रसाद गैरे र सीता बौडेल रहेका छन् ।

कपिलवस्तुमा झविलाल पोखरेल, डम्बर शर्मा, भानुप्रकाश श्रेष्ठ र रामचन्द्र शाह रहेको कार्यदल गठन गरिएको छ । 

दाङमा टिकाराम खड्का,तुल्सीराम पुन, रामजी चौधरी र शिवकुमार आचार्य रहेको कार्यदल गठन भएको छ ।

त्यस्तैगरी पूर्वी रुकुममा मेघबहादुर श्रेष्ठ, टोपबहादुर वली, सतमान पुन र हामेप्रसाद श्रेष्ठ रहेको कार्यदल गठन भएको छ भने रोल्पामा आशबहादुर पुन, कुमार दसौंधी, सुरेन्द्र घर्ती र हरिप्रसाद घर्ती रहेको कार्यदल गठन गरिएको छ ।

प्यूठानमा कृष्ण अधिकारी, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी र नारायण अधिकारी रहेको कार्यदल गठन भएको छ भने बाँकेमा अक्कलबहादुर वम,अशोक कोइराला, गोपाल गिरी र प्रकाश सुवेदी सम्मिलित कार्यदल गठन गरिएको छ ।

बर्दियामा पुर्ण शर्मा, भुवनकुमार थारु, लक्ष्मीप्रसाद शर्मा र हरि ज्ञवाली रहेको पार्टी एकता सिफारिस कार्यदल गठन गरिएको पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

कार्यदलले २० दिनभित्र आफ्नो काम गरेर प्रदेश कमिटीमा सिफारिस गर्ने समय सीमा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?