सञ्चारमन्त्री बाँस्कोटाको दबाबमा समितिले आफ्नो निर्णय सच्यायो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको दबाबमा संसदको विकास तथा प्रविधि समितिले आफ्नो निर्णय सच्याएको छ । 

बिहीवार बसेको समितिको बैठकमा सभापति कल्याणी खड्काले नेपाल टेलिकमको प्रवन्ध निर्देशकको पदपूर्ति खुल्ला प्रतिस्पर्धाबाट गराउन निर्देशन दिएकी थिइन् । 

बैठकमा सभापति खड्काले पढेको निर्देशनको पहिलो निर्णयमा नेपाल टेलिकम सेवालाई गुणस्तरीय बनाउन तत्काल प्राविधिक, प्रशासनिक एवं व्यवस्थापकीय सुधार गर्न प्रबन्ध निर्देशकको पदपूर्ति खुला प्रतिस्पर्धाबाट गर्न, नेपाल टेलिकमको सुधारको लागि रणनीतिक साझेदार छनोट गर्न समिति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछ भनिएको थियो ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?