काठमाडौं । असोज ६ गते अमेरिका भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कदै छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री ओली बिहीवार अपराह्न ३ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधिमण्डल बिहीवार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छन् ।
प्रधानमन्त्रीको टोलीमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव शंकरदास बैरागी लगायत छन् । संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन पछि ओलीले कोष्टारिकाको भ्रमण समेत गरेका थिए । कोष्टारिकाको शान्ति विश्वविद्यालयबाट मानार्थ विद्यावारिधिको उपाधि पाएका प्रधानमन्त्री ओलीले त्यहाँका राष्ट्रपतिसँग शिष्टाचार भेट गरेका थिए ।
महासभाका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज, अमेरिका, क्यानडा, बेलायत, स्विटजरल्याण्ड, कोलम्बिया, कम्बोडियाका सरकार तथा राष्ट्र प्रमुखसँग आपसी हितबारे चर्चा गर्दै नेपालको पछिल्लो राजनीतिक उपलब्धिबारे जानकारी दिँदै विकासमा सहयोग गर्न आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया