काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त प्रकरणमा अनावश्यक राजनीतिकरण भएको बताएका छन् ।
प्रेस सेन्टर र प्रेस चौतारी चितवनले बुधबार संयुक्त आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भएपनि घटनामाथि विभिन्न तरिकाले राजनीतिकरण गर्न थालिएको बताएका हुन् ।
‘पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको छ । अपराधीलाई कानुनको कठघरामा ल्याउन गृह मन्त्रालय गम्भीर भएर लागिरहेको छ’ गृहमन्त्री थापाको भनाई छ ।
उनले अपराधी पत्ता लगाएरै छाड्ने भन्दै छानबिन टोलीले बुझाएको प्रतिवेदनको निष्कर्षका आधारमा दोषीलाई कारबाही गर्दै अनुसन्धानलाई जारी राख्ने बताए ।
यसअघि निर्मला पन्त जस्ता धेरै नारीहरु बलात्कृत हुदै आएको र ९५ प्रतिशत अपराधीलाई पक्राउ गर्न प्रहरी सफल भएको गृहमन्त्रीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया