कोस्टारिकाको भ्रमण सकेर प्रधानमन्त्री आली न्यूयोर्कमा

न्यूयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्क आइपुगेका छन् । 

चार दिने कोस्टारिकाको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली बुधबार न्यूयोर्क आइपुगेका हुन् । 

कोस्टारिको राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणमा प्रधानमन्त्री ओली कोस्टारिका पुगेका थिए । 

उनका साथमा धर्मपत्नी राधिका शाक्य पनि रहेका छन् । 

प्रधामन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति क्वेसाडासँग दुई पक्षीय भेटवार्ता गरेका थिए । उनले सान होजेमै शान्ति विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधिको उपाधि स्वीकार गरेका थिए ।  

प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलमा उनका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् । 

प्रधानमन्त्री ओली बिहीहबार कतार हुँदै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?