एक महिना पछि प्रदेश २ को संसद बैठक बस्ने तयारी

जनकपुरधाम । प्रदेश २ को संसद बैठक एक महिना पछि हुने भएको छ ।

प्रदेश संसदको सचिवालएका अनुसार  बैठक असोज १८ गते ३ बजेलाई बोलाइएको छ ।

भदौ १६ गते स्थगित भएको प्रदेशसभा बैठक एक महिनापछि बोलाइएको हो । प्रदेश संसद बैठकमा छलफल गर्न विधेयकको अभाव भएपछि बैठक स्थगित गरिएको थियो । 

असोज १८ गते बस्ने बैठकमा प्रदेश सरकारले करार सेवामा कर्मचारी भर्ना, प्रशासकीय कार्यविधि, यातायात व्यवस्थासम्बन्धी विधेयक सदनमा पेश गर्ने तयारी गरेको छ ।

प्रदेश बैठकबाट हाल सम्म १३ वटा विधेयकमात्र पारित भएका छन् । 

प्रदेश नम्बर दुईको सरकारले प्रदेश नम्बर २ ले स्थायी राजधानी र प्रदेश नामकरण सम्बन्धी महत्वपूर्ण विधेयक भने अझै संसदमा ल्याउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?