गान्धी जसले सत्य र विनम्रतालाई  साम्राज्यहरू भन्दा बढी शक्तिशाली बनाए

काठमाडौ : मोहन दास कर्मचन्द गान्धी भारतका राष्ट्रपिताको रूपमा परिचित छ्रैनन् । अहिंसात्मक आन्दोलनको प्रतिकको रूपमा पनि चिनिन्छ । यो वर्ष गान्धी जन्मेको १५० वर्ष पूरा भइरहेको छ ।

गान्धीको हत्या गरिएपछि अमेरिकाका सेक्रेटरी अफ स्टेट जनरल सी मार्शले भनेका थिए –‘ महात्मा गान्धी आज सबै मानवताकोे प्रतिनिधि बने ।

यो त्यो व्यक्तित्व हो जसले सत्य र विनम्रतालाई  साम्राज्यहरू भन्दा बढी शक्तिशाली बनाए’

गान्धीको अनुशरण गर्ने आफूलाई गान्धी भन्नेहरूको कमी भने छैन दुनियाँमा तर गान्धी जस्तो अनुशरण गर्ने पात्रको रूपमा आफूलाई स्थापित गराउने यो डेढ सय वर्ष भित्र अर्को कोही देखिएको छैन् ।

भेदभाव, जातपात, सामाजिक वैमनस्यता , साम्प्रदायिकता, कुरूढी विचारको विरूद्ध धुनी रमाउने अहिंसावादी गान्धी समाजका लागि आफ्नो ज्यानको बाजी लगाउन नचुक्ने अंग्रेजी शासनबाट भारतलाई स्वतन्त्रता दिलाउने अगुवाहरूको अगुवा थिए ।

सेवाग्रामको एक झुपडीमा गान्धीले जीवनको सात वर्ष बिताएका थिए ।

चर्खाबाट बनाइएको सुतबाट तयार पारिएको खादी उनको लुगा थियो । बाख्रीको दुध सदैव पिउने गान्धीले गाई पालनलाई प्रोत्साहन गरेका थिए ।

उनले विदेश निर्भरता हटाउन स्वदेश अर्थतन्त्रको विकासमा जोड दिएका थिए । 

महान वैज्ञानिक अल्बर्ट आइन्स्टिनले गान्धीका बारेमा भनेका थिए –‘ आगामी पुस्तालाई बडो मुश्किलका साथ विश्वास गर्नुपर्ने हुनेछ कि हाडमासुको कोही यस्ता मानव पृथ्वीमा जन्मेका थिए

 किनभने जुन किसिमको राजनीतिको महोल बनिरहेको छ जहाँ जाति र धर्ममा आधारित भोटको राजनीति भइरहेको छ ।

समाजमा विदेशी वस्तुहरूप्रति आकर्षण बढी रहेको छ । यस्तोमा गान्धी जन्मेकोमा विश्वास गर्न सहज न होला ।’

नेपाली कांग्रेसले आफूलाई गान्धीवादी पार्टीको रूपमा परिचित गराउने गरेको छ । तिनका नेताले गान्धीको उल्लेख गर्ने गरेका छन् ।

सदनमा कांग्रेसका नेता प्रदिप गिरीले गान्धीको विचारलाई प्रायः जसो प्रस्तुत गरेको पाइन्छन् ।

तर गान्धीका कतिपय विचारहरूको सान्दर्भिकता हराइसकेको देखिएको भएपनि अहिंसावादी दृष्टिकोणको सान्दर्भिकता समाप्त हुनेछैन् ।

दुनियाँमा हिंसा लोकप्रिय भइरहेका बेला गान्धीले अहिंसालाई अंगालेका थिए । जुन अहिले पनि सान्दर्भिक छ भने मानव समाजको अन्तिम लक्ष्य शान्ति बिना अहिंसा सम्भव होला र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?