प्रचण्ड र नेपालबीच आधा घण्टा टेलिफोन वार्ता, के भयो कुरा ?

काठमाडौं । पार्टीभित्र चर्को विवाद र असन्तुष्टि बढेपछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालबीच लामो टेलिफोन वार्ता भएको छ ।

प्रचण्ड र नेपालबीच झण्डै आधा घण्टा टेलिफोन वार्ता भएको हो । 

‘दुई नेताबीच आइतबार बिहान टेलिफोन वार्ता भएको नेकपाका केन्द्रीय सदस्य समेत रहेका नेता विष्णु रिजालले  बताए ।

उनले टेलिफोन वार्तामा दुई नेताबीच पार्टी एकताकै सन्दर्भमा केन्द्रीत रहेर कुराकानी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?