स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवक पक्राउ

लोकपथ
28
Shares

रुपन्देही । रुपन्देही प्रहरीले स्रोत नखुलेको साढे २४ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ वाइपासस्थित स्रोत नखुलेको अवैध रकम ओसारपसार भएको भन्ने सूचनाको आधारमा प्रहरीले बुटवल उपमहानगरपालिका वडा नम्बर ८ सुख्खानगर बस्ने वर्ष २८ को सन्दिप शाक्यलाई पक्राउ गरेको हो ।

शाक्यले बोकेको कालो रङ्गको झोलाबाट आइतवार बेलुका स्रोत नखुलेको नेपाली २४ लाख ५० हजार रकम फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त रकमसहित पक्राउ परेका शाक्यलाई आवश्यक कारबाहीका लागि आज सोमवार भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्याम अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?