कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २ सय २६ जनामा संक्रमण पुष्टि

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ११ जनामा गरिएको परीक्षणबाट २ सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटी पिसिआर विधिबाट १ सय ४५ र एन्टीजेन विधिबाट ८१ जना संक्रमित फेला परेका छन् । सो समयमा कसैले पनि कोरोनाबाट ज्यान गुमाएका छैनन् ।

२ सय २३ जना कोरोना संक्रमण मुक्त हुँदा १ लाख ३२ हजार २ सय ९४ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

योसँगै देशभरमा सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?