काठमाडौं । चार दिने औपचारिक भ्रमणका लागि कोस्टारिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले कोस्टारिकाकी राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग भेटवार्ता गरेका छन् ।
कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा प्रधानमन्त्री ओली आइतबार बिहान कोस्टारिका पुगेका हुन् ।
प्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू कोस्टारिका पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले सान जोसमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) मा प्रवचन दिने कार्यक्रमसमेत रहेको छ । त्यहाँ प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिने छ । यसअघि चैत प्रधानमन्त्री ओलीलाई भारतको उत्तराखण्डमा रहेको गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्व विद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो ।
कोस्टारिका प्रधानमन्त्री ओलीलाई पिस युनिभर्सिटीले मानार्थ विद्यावारिधि प्रदान गर्न लागेको विश्वविद्यालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सोमवार विश्वविद्यालयको रोर्डिगो काराजो क्याम्पसको भ्रमण गर्ने कार्यक्रममा सहभागी हुने छन् । त्यहाँ उनलाई नेपालमा प्रजातन्त्रको संस्थागत तथा शान्ति प्राप्त गर्न खेलेको भूमिकाका कारण मानार्थ विद्यावारिधिबाट सम्मान गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।

सोही क्रममा नेपालले युनिभर्सिटी फर पिसको स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गर्ने छ । साथै नेपालका तर्फबाट सन्धिमा परराष्ट्र मन्त्रालयका अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको र योसँगै नेपाल विश्वविद्यालय चार्टर अंगिकार गर्ने ४१ औँ मुलुक हुने छ ।
सो कार्यक्रममा प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा प्रवचन दिन छन् । प्रवचन दिने कार्यक्रम तय भएपछि शान्ति विश्व विद्यालय स्थापनासम्बन्धी सन्धिलाई सांसदले अनुमोदन गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया