युवा अवस्थामै मुटुको ख्याल गर्नुपर्छः पूर्वस्वास्थ्यमन्त्री थापा

काठमाडौं ।  पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आह्वान गरेका छन् । 

विश्व मुटु दिवसका अवसरमा काठमाडौं क्षेत्र नं ४ सांसदको कार्यालयद्वारा आज यहाँ आयोजित ‘काठमाडौँको गौशालादेखि पशुपति हुँदै विश्वरुपसम्मको वाकाथन’पछि कोणसभामा उहाँले भन्नुभयो, “खानपान र जीवनशैलीमा ख्याल नगरेका कारण मुटुको समस्याले युवा अवस्थामा नै धेरैले अकालमै ज्यान गुमाउनु परेको छ । ” 

पूर्वस्वास्थ्यमन्त्री थापाले निश्चित उमेरसम्म केही हुँदैन, उमेर बढ्दै गएपछि मात्रै रोग लाग्छ भन्ने सोचाइ गलत भएको उल्लेख गर्दै आफ्नो स्वास्थ्यका बारेमा सरकारलाई गाली गरेर नभई आफैँ ख्याल गर्नुपर्नेमा जोड दिए । 

“नागरिकको स्वास्थ्यका बारेमा सरकारका पनि केही जिम्मेवारी त अवश्य छन्, तर ८० प्रतिशत जिम्मेवारी नागरिक आफँैको हो” उने भने । पूर्वस्वास्थ्यमन्त्री थापाले मुलुकको समृद्धिका यात्रा पनि नागरिकको स्वस्थ्य जीवनबाटै शुरु हुने बताए। 

स्वस्थ्य नागरिकबिना मुलुक समृद्ध बन्न नसक्ने बताउँदै उनले निरोगी नागरिकबाट मात्रै मुलुकले समृद्धि हासिल गर्नसक्ने धारणा व्यक्त गरे। 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?