प्रधानमन्त्री ओली भोलि कोस्टारिका भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि कोस्टारिकाको औपचारिक भ्रमणका लागि त्यस तर्फ प्रस्थान गर्ने भएका छन् । 

अमेरिका भ्रमणका रहेको प्रधानमन्त्री ओली आइतबार कोस्टा रिकाको औपचारिक भ्रमणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । 

प्रधानमन्त्री ओलीले कोस्टारिकाका राष्ट्रपति कार्लोस अलवारादो क्वेसादासँग द्विपक्षीय भेटवार्टा गर्ने कार्यक्रम रहेको छ । 

संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने क्रममा २० प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अमेरिका पुगेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?