वीरगञ्ज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउनु छ भने संविधान संशोधन हुनु आवश्यक रहेको बताएका छन् ।
नेपाली काङ्ग्रेस केन्द्रीय विधान संशोधन समितिद्वारा आज यहाँ आयोजित दुई दिने विधान संशोधन एवं सुझाव सङ्कलन सम्बन्धी प्रदेशस्तरीय भेलामा नेता पौडेलले काङ्ग्रेसलाई सवल, सक्षम र बलियो बनाउन विधान संशोधन आवश्यक रहेको बताए ।
उनले काङ्ग्रेसले सङ्घीयता र समावेसीतालाई ध्यानमा राखी विधान संशोधन गर्न लागिएको जानकारी दिए ।
केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादवले लोकतन्त्र र समाजवादमा आधारित काङ्ग्रेस गएको तीन तहको निर्वाचनमा हार बेहोर्नुको मुख्य कारण भनेको सङगठनभित्र व्यवस्थापनको कमजोरी हो भने ।
विधान संशोधन समिति प्रदेश नं. २ का संयोजक डा मीनेन्द्र रिजालको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय, काङ्ग्रेस पर्साका अध्यक्षलगायतले विधान संशोधनका विविध विषयबारे बोल्नु भएको थियो ।
भेलामा प्रदेश नं २ का ८ जिल्लामध्ये पर्सा, बारा, रौतहट, सर्लाहीका सभापतिलगायतका नेताको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया