काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धमेन्द्र प्रधानबी भेटवार्ता भएको छ ।
शुक्रबार नेपाल आएका भारतीय पेट्रोलियम मन्त्री प्रधानले गृहमन्त्री थापासँग भेटवार्ता गरेका हुन् ।
गृहमन्त्रालयमा शुक्रबार दिउँसो भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हति र सहकार्यको विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपालको हरेक क्षेत्रमा भारतले गर्दै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमासमेत सहयोगको निरन्तरताका लागि आग्रह गरे ।
नेपाल–भारतको पेट्रोलियम पदार्थ सम्बन्धी निर्माणाधीन परियोजनाहरु छिट्टै सम्पन्न गर्न मन्त्री प्रधानको भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै भारतीय मन्त्री प्रधानले नेपाल र भारतबीच सामाजिक, आर्थिक, सांस्कृतिक हरेक क्षेत्रमा ऐतिहासिक कालदेखिनै सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध आगामी दिनमा पनि थप मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिए । साथै दुई देशको सहकार्यमा निर्माण भइरहेको पेट्रोलियम पदार्थ सम्बन्धी परियोजनाले दुबै देशका लागि फाइदाजनक रहेको उनले बताए ।
भेटमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीको समेत सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया