नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार नजिक

लोकपथ
195
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार पुग्न लागेको छ ।

स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरस संक्रमणका कारण ११ हजार ९९५ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो दिन कोरोना संक्रमितको संख्या बढ्दा मृत्यु हुनेको संख्या पनि थपिदै गएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा ९ लाख ९६ हजार २३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये ९ लाख ७९ हजार ९३८ जना निको भइसकेका छन् ।

हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ४ हजार २९८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?