टिचिङ अस्पतलाबाट भागेका कैदी पक्राउ

लोकपथ
0
Shares

उपचारका क्रममा टिचिङ अस्पताल महाराजगन्जबाट भागेका कैदी पक्राउ परेका छन् । नख्खु कारागारका कैदी रामेछाप घर भएका ३८ वर्षीय भोला बुढाथोकीलाई प्रहरीले ललितपुरको लुभुबाट पक्राउ गरेको ललितपुर प्रहरीले जनाएको छ ।
आँखाको उपचार गर्न जाँदा उनी बुधबार अस्पतालबाट प्रहरीलाई छक्याउँदै भागेका थिए ।
सो प्रकरणमा सो घटनाबारे उपत्यका प्रहरी कार्यालयले समिति नै बनाएर छानविन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?