घरको पिँढीमा खेलिरहेका बालक चितुवाको आक्रमणबाट घाइते

लोकपथ
0
Shares
ejg lznfGof; bdf}nL, @( kmfu’g M tgx’Fsf] Jof; gu/kflnsf–!) z]j/df lgdf{0f x’g nfu]sf] cf}ifwL pBf]usf] ejg a’waf/ lznfGof; ub}{ Jof; gu/kflnsfsf k|d’v a}s’07 Gof}kfg] . kf]v/f kmdf{:jLl6sN; k|flnn] ? $) s/f]8sf] nfutdf cf}ifwL pBf]usf] ejg lgdf{0f z’? u/]sf] xf] . t:jL/ M s[i0f Gof}kfg]÷/f;;

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका–१ उपल्लोफाँटमा एक बालक चितुवाको आक्रमणमा परी घाइते भएका छन् । घाइते हुनेमा स्थानीय सुवास परियारका तीन वर्षीय छोरा सुलभ रहेका छन् ।

स्थानीयहरूका अनुसार आज (बुधवार) साँझ साढे ६ बजे बालक सुलभलाई घरको पिँढीमै चितुवाले आक्रमण गरेको थियो । चितुवाले बालकलाई घरबाट करिब ५० मिटर टाढासम्म पुर्याएको प्रहरीले जनाएको छ ।

घाइते बालकको मोती हेल्थ क्लिनिकमा सामान्य उपचार गरी चितवन रिफर गरिएको छ । चितुवाले घाँटी, हात तथा ढाडमा आक्रमण गरेको र बालकको अवस्था गम्भीर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?