थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

लोकपथ
130
Shares

काठमाडौं । नेपालमा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको ४ हजार १७७ परीक्षणमा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १६४ जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट थप एक जनाको मृत्‍यु भएको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा ४ हजार २९८ जना सक्रिय संक्रमित रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?