नेकपा नेता नेपालद्वारा चियापान कार्यक्रमको आयोजना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)का वरिष्ठ नेता माधव कुमार नेपालले आज दिउँसो चियापान कार्यक्रमको आयोजना गरेका छन् । 

शुक्रबार दिउँसो ३ बजेका लागि नेपालले दुई नेकपाका अध्यक्ष देश बाहिर भएको समयमा स्थायी कमिटी सदस्यहरुका लागि चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

नेता नेपाल असोज ५ गते बसेको सचिवालय बैठकले गरेका निर्णयमा असन्तुष्ट बनेका थिए । 

अहिले प्रधानमन्त्री एवंम नेकपाका अध्यक्ष केपी शर्मा ओली अमेरिकामा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुरमा छन् । 

संयुक्त राष्ट्रसङ्घ, महासभाको ७३ औँ महाअधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली अमेरिकामा पुगेका थिए ।  

त्यस्तै पत्नी सीता दाहालको उपचारका लागि बुधवार साँझमात्र अध्यक्ष प्रचण्ड सिंगापुर गएका हुन् । 

४५ सदस्यीय स्थायी समितिमा तत्कालिन एमालेबाट २५ र माओवादीबाट २० जना सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?