व्यापारीहरुको विरोधपछि बिरा कम्प्लेक्सबाट पछि हट्यो महानगर

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका न्यूरोडस्थित बिरा कम्प्लेक्समा डोजर चलाउनबाट पछि हटेको छ । नक्साविपरीत अनधिकृत संरचना बनाइएको भन्दै बिरा कम्प्लेक्सको संरचनामा डोजर लगाउन खोजिएपनि स्थानीयको अवरोधपछि महानगरपालिका पछि हटेको हो । महानगरले आज नै सुन्धारास्थित काठमाडौं मलको यसअघि महानगरले संरचनामा डोजर लगाएको थियो ।

महानगरले अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन ३५ दिने सूचना निकालेको थियो तर, सूचनाको म्याद सकिएपछि धमाधम हटाउन थालेको हो । काठमाडौं महानगरले नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले खिचापोखरी क्षेत्रका संरचनासमेत भत्काउन थालेको हो ।

महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?