काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला संयुक्त राष्ट्र संघको ७३ औं महासभाका लागी अमेरिकामा छन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अमेरिका गएका हुन् ।
टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका साथै सरकारका वरिष्ठ अधिकारी छन् ।
‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔं शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ मूल नाराका साथ २ असोजबाट ७३ औं महासभा शुरु भइसकेको छ ।
संयुक्त राष्ट्र संघको ७३ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओलीले भित्र सम्बोधन गर्दै गर्दा राष्ट्र संघ भवन बाहिर त्यहाँ रहेका नेपालीले विरोध प्रदर्शन गरेका छन् । प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्द बाहिर नेपालमा व्याप्त हत्या, हिंसा र बलात्कारको विरोध गर्दै प्रदर्शन गरिएको थियो ।
प्रदर्शनकारीहरुले टाउकोमा कालो कपडा बेरेर प्रदर्शन गरेको हुन् । उनीहरुले 'हामी न्याय चाहन्छौं' भन्ने प्लेकार्ड समेत बोकेको जनाइएको छ ।
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुई महिना पुरा हुँदा सम्म पनि हत्यारालाई पक्राउ गर्न नसकेकोमा आक्रश व्यक्त गरेका थिए । प्रर्दशनमा सहभागिहरुले निर्मला पन्तका हत्यारालाई कारवाही गर्न र दोषीलाई फाँसी दिन समेत माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया