काठमाडौंका मेयर बालेन शाहविरुद्ध नाराबाजी

लोकपथ
442
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी भएको छ । फुटपाथमा बसेर व्यवसाय गर्दै आएका व्यापारीहरूले काठमाडौं महानगरपालिका मेयर शाहविरुद्ध नाराबाजी गरेका हुन् ।

फुटपाथ व्यवस्थापनको नाममा महानगरले साना व्यापारीको रोजीरोटी खोसेको भन्दै ज्ञापनपत्र बुझाउन गएका व्यापारीहरुले काठमाडौं महानगरपालिका परिसरमा नाराबाजी गरेका हुन ।

सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाएर व्यवस्थापन गर्नुपर्ने, सडक किनारमा स्वरोजगार गरिरहेका श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने र महानगरबाट भइरहेको अमानवीय व्यवहार बन्द गर्नुपर्ने तीनवटा माग राखेका छन् ।

महानगरका मेयर शाहविरुद्ध सम्भवत पहिलोपटक नाराबाजी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?