बाँझो जग्गामा खेती गर्ने किसानले प्रति रोपनी २ हजार पाउने

लोकपथ
52
Shares

बाग्लुङ । तारा खोला गाउँपालिकाले बाँझो खेतमा खेती गर्ने किसानलाई प्रति रोपनी २ हजार दिने भएको छ । बाँझो जमिनमा खेतीपाती गर्न कृषकलाई प्रोत्साहन स्वरुप प्रति रोपनी २ हजार दिइने भएको हो ।

ताराखोला गाउँपालिकाका कृषि शाखा प्रमुख कृष्णखर भट्टराईका अनुसार खेती योग्य जमिन बाँझिदै गएको र उत्पादन घट्दै गएपछि पालिकाले कृषकलाई प्रोत्साहन गर्नका लागि सो कार्यक्रम अघि ल्याएको हो ।

यसैगरी, पालिकाले मिनिटेलर, धान गहुँ, कोदो चुट्न थ्रेसर मेसिन पनि किसानलाई वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?