कोरोनाबाट थप एक जनाले गुमाए ज्यान, ६ सय ३४ जनामा संक्रमण पुष्टि

लोकपथ
104
Shares

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ९४ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा गरिएको ४ हजार ९ सय ४९ परिक्षणबाट ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये २ हजार ७ सय ५७ आरटी पिसिआर विधिबाट परिक्षण गर्दा ३ सय ४३ तथा २ हजार १ सय ९२ जनामा गरिएको एन्टीजेन परिक्षणबाट २ सय ९१ ज्नामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाको तथ्यांङ्कलाई हेर्दा सो अवधिमा ४ सय १७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै, देशभर १६ हजार ६ सय ५३ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २ सय २१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?