लमजुङमा पशुजन्य उत्पादन बढ्दो

लोकपथ
169
Shares

लमजुङ । जिल्लामा व्यावसायिक पशुपालक किसानको संख्या बढेसँगै पशुको संख्या र पशुजन्य उत्पादनमा वृद्धि भएको छ ।

गएको वर्ष जिल्लामा तीन हजार ६६७ मेट्रिक टन गाईको दूध र १२ हजार ४६४ मेट्रिक टन भैँसीको दूध गरी १६ हजार १३१ मेट्रिक टन दूध उत्पादन भएको भेटेनरी अस्पताल तथा विज्ञ केन्द्रको तथ्यांकमा उल्लेख छ ।

यसैगरी लमजुङमा गएको वर्ष तीन हजार एक सय ३४ मेट्रिक टन मासु उत्पादन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा लमजुङमा राँगारभैँसीको मासु एक हजार ३१७, खसीको ९५५, कुखुराको ६ सय ८८, बङ्गुरको दुई सय ३२, भेडाको ९२ दशमलव ५ र माछा ४७ दशमलव ८ गरी तीन हजार १३४ मेट्रिक मासु उत्पादन भएको डा. श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?