एक सय ३५ दिनमा ८९ पटक बैठक बसी संसदको दोस्रो वर्खे अधिवेशनको अन्त्य

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्खे अधिवेशन बिहीवारबाट सकिएको छ । 

संसदको दुवै सदनको वर्खे अधिवेशन बिहीवार राति १२ बजेदेखि अन्त्य भएको सभामुख कृष्णबहादुर महराले जनाकारी गराएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीदे पठाएको पत्र बाचन गरी संसद बैठक स्वतः अन्त्य भएको जानकारी दिइएको हो । 

प्रतिनिधिसभाको बैठक गत वैशाख २३ गतेदेखि शुरु भएर असोज ११ गते (आज) सकिएको हो ।

बैठक अवधि भर ८९ पटक बैठक सकेको थियो भने १ सय ९३ घण्टा संसदीय काम कारबाही भएको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बताए ।

बैठक अवधिभर ४ पटक प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बसेको थियो ।

यस अवधिमा संसदले आफ्नो नियमावली बनाउने, नीति तथा कार्यक्रम पारित गर्ने, बजेट पारित गर्ने, १८ वटा विधेयक पारित गरिएको सभामुख महराले बताए ।

संसदको यस अधिवेशनमा संसदीय समितिहरुको गठन र सभापतिसमेत चयन भएका थिए भने सांसद र मन्त्रीहरुबीच प्रश्नोत्तर कार्यक्रम पनि गरिएको उनले जानकारी दिए ।

संसद अधिवेशन अन्त्य गर्दै सभामुख महराले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा जाँदा सरकारको प्रतिवद्धता कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन गर्न पनि सांसदहरुलाई आग्रह समेत गरे ।

वर्षे अधिवेशनमा प्रतिनिधिसभाको बैठक आजसहित ७९ औंपटक र राष्ट्रियसभाको ६१ औंपटक बसेर अन्त्य भएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?