काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद विजयकुमार गच्छदारले सरकारले शान्तिसुरक्षा कायम गर्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको संसद बैठकमा बोल्दै उनले २६/२७ वर्षको इतिहासमा आफूले यस्तो भएको नपाएको बताए ।
उनले सरकारले राम्रो काम पनि गरेको तर धेरै ठाउँमा चुकेको आरोप लगाए । ‘सरकारले राम्रो काम पनि गरेको छ, नराम्रो कामको मात्र चर्चा गर्छौंं भन्ने होइन, सरकारका बारेमा सत्तापक्षका सांसदले नै कुरा उठाइरहेका छन् ।’, उनले भने ।
गच्छदारले गृहमन्त्रीले हिजो पनि हत्या हिंसाका घटना हुन्थे भनेर समस्या सुल्झाउन खोजेको आरोप लगाए । ‘हिजो पनि हत्या हिंसाका घटना हुन्थे भनेर राज्यको दबाब पुग्दैन, पञ्चायत कालमा पनि यस्ता घटना सुनिन्थे’, उनले भने, ‘पहिलोपटक १३ वर्षीय बालिका निर्मला पन्तको हत्या हुन्छ, हत्यारा पक्राउ पर्दैन, उल्टो आयोग हुनछ, कानून छ कि छैन यो देशमा?’
उनले वर्तमान सरकारले करमाथि कर लगाएर जनताको ढाड सेकाएको आरोप समेत लगाए । यस्ता राजनीतिक उपलब्धिलाई जनताले के दिने भन्दै उनले प्रश्न गरे ।
सरकारले ल्याउने भनेको रेलमार्ग सडकमा नगुड्ने र रेलका लागि पुल बनाउनुपर्ने भन्दै व्यङ्ग्य समेत गरे । प्रधानमन्त्रीले अरिगाँल झैं खनिनु भनेर सत्तापक्षका माननीयलाई उचाल्नुहुन्छ भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष समेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया